आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जका होटल व्यवसायीले भेटे प्रधानमन्त्री, सीमा खुलाउन माग

Avatar photo दिशा निर्देश ४ आश्विन २०७८, सोमबार १७:५२ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – नेपाल भारत सीमा खुला गर्न माग गर्दै वीरगञ्जका होटल व्यवसायीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको नेतृत्वमा वीरगञ्जबाट गएको होटल व्यवसायीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेल यथाशिघ्र सीमा खुला गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

कोरोना महामारीका कारण सीमा बन्द गरिएको भए पनि अहिले सबै क्षेत्र चलायमान भइसक्दा समेत सीमा नखुल्दा यहाँको होटल व्यवसाय नै धरासायी भएको व्यवसायीहरुले बताएका छन् ।

होटल व्यवसायीको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले कोभिडका कारण बन्द गरिएको सीमा अब चाडै सरकारले खुलाउने भनेर आश्वासन दिएको अध्यक्ष पन्तले जानकारी दिए ।


सम्बन्धित खबरहरु