आज:  | Tue, 21, Apr, 2026

शेयर बजारमा पहिराे, एकैदिन घट्याे ११४ अंक

Avatar photo दिशा निर्देश ४ आश्विन २०७८, सोमबार १५:५६ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – शेयर बजार परिसूचक २६ सय अंकको बिन्दुतर्फ ओरालो लागेको छ । आज एकैदिन ११४ अंकको गिरावटसँगै २६९८ अंकमा आएर थामिएपछि शेयर बजार २६ सय अंकतर्फ लागेको हो । यसक्रममा आज १ करोड ७३ लाख कित्ता शेयर किनबेच भई ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै, आज कारोबार भएका सबै १३ वटै समूहमा उच्च अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन बीमा समूहमा सबैभन्दा बढी ८०० अंकको गिरावट आएको छ । यसपछि, निर्जीवन बीमा समूहमा ६१४ अंक र विकास बैंक समूहमा ३३२ अंकको गिरावट आएको छ । यस्तै, जलविद्युतमा २२०, होटल एण्ड टुरिजममा १५८ अंक र वित्त समूहमा २२९ अंकको गिरावट आएको छ ।

समग्र बजार एकसय अंकभन्दा बढीले घटे पनि आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरधनीहरूले सबैभन्दा बढी कमाएका छन् । आज मनकामनाका शेयरधनीले प्रतिकित्ता ८९ रुपैयाँ कमाएका हुन् । यसबाहेक, आज सातवटा कम्पनीको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । यस्तै, अन्य २५ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।


सम्बन्धित खबरहरु