आज:  | Thu, 11, Aug, 2022

नेपाल बहुल राष्ट्रिय राज्य नै हो : लोसपा बरिष्ठ नेता महतो

दिशा निर्देश ३ आश्विन २०७८, आईतवार २०:३८ मा प्रकाशित (१0 महिना अघि)

विन्दुभुषण साह

वीरगाञ्ज – लोकतान्त्रिक सामाजबादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य नै भएको बताउदै देशको शासन प्रणालीमा मधेशी जनताको समानताको अधिकार नभएसम्म आफुहरुको लडाई जारी रहने बताएका छन् ।

वरिष्ठ नेता महतोले मधेशी जनताको छातीमा गोली हानेर बनाईएको संविधान कुनै कामको नभएको टिप्पणी गर्दै देशमा अहिले पनि पूर्ण लोकतन्त्र नआएको दाबी गरे ।

लोकतान्त्रिक सामाजबादी पार्टी पर्साले पकहा चौकमा आयोजना गरेको मधेश आन्दोलनका शहिद सत्रुधन पटेलको छैठो स्मृती सभालाई सम्बोधन गर्दै नेता महतोले एकल जातिय सोचले बर्तमान संबिधान बनेकोले समाबेशी संविधान नबनेसम्म आफूहरुले संबिधान दिवस मनाउन नसक्ने जिकिर गरे ।

नेता महतोले अधिकार सम्पन्न संघियता आफुहरुको मुख्य माग रहेको भए पनि केन्द्र सरकारले संघियतालाई पंगु बनाएको समेत टिप्पणी गरे ।

जसपाका कार्यकारीणी सदस्य एवं पूर्वमन्त्री जितेन्द्र सोनलले अहिलेको संविधान लोकतान्त्रिक संविधान नभइ खुनी (हत्यरा) संविधान रहेको बताए ।

श्रद्धान्जलीसभालाइ लोसपाका कार्यकारीणी सदस्य एवं पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, प्रदेश सभासदस्य रमेश कुर्मी, प्रह्लाद गिरी लगायतले सम्बोधन गरेका थिए ।

श्रद्धाञ्जली कार्यक्रममा युवा नेता राजेशमान सिंह, प्रेमबाबू पटेल, मुकेश द्रिवेदी, शशीकपुर मिया, निजामुदिन समानी, ओमप्रकाश सरार्फ, उमेश सहनी लगायतका नेता कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।


सम्बन्धित खबरहरु