आज:  | Thu, 11, Aug, 2022

तेस्रो मधेश आन्दोलन हुन सक्छ : अध्यक्ष ठाकुर

दिशा निर्देश ३ आश्विन २०७८, आईतवार २०:२४ मा प्रकाशित (१0 महिना अघि)

विन्दुभुषण साह

पकहामैनपुर – लोकतान्त्रिक सामाजबादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मधेशी जनताले न्याय नपाएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका छन् ।

मधेश आन्दोलनका शहिद सत्रुधन पटेलको छैठो स्मृती सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सो कुरा बताएका हुन् । अध्यक्ष ठाकुरले संविधान संशाेधनमार्फत मधेसी जनताको समनताको अधिकारको लागि राज्यसँग आफुहरुको लडाई रहेको बताउँदै उक्त माग सम्बोधन नभए जुनसुकै बेला आन्दोलन हुन सक्ने चेतावनी दिए ।

उनले सडकमा निस्किएका मधेसी जनतालाइ गोली हानेर बनाइएको संविधान मधेसका लागि स्वीकार्य नरहेको पनि बताए । उनले मधेसीको रगतले लेखिएको संविधानमै मधेसीकै अधिकार नसमेटिएको भन्दै याे संविधान आफूहरुलाई मान्य नरहेकाे बताएका हुन् ।

ठाकुरले भने ,‘ जबसम्म मधेसका माग समेटिदैन तबसम्म मधेसीले यो संविधानको अपनत्व लिन सक्दैनन, असोज ३ गतेलाई कालो दिनकै रुपमा मनाउछन् ।

संविधान जारी हुनु पूर्व आफ्ना माग संविधानमा समेट्न शान्तिपूर्ण आन्दोलनमा उत्रिएका मधेसीलाइ खस शासकले बदलाको भाव राखेर गोली चलाएर मधेसी सपुतहरुको हत्या गरेको आरोप पनि उनले लगाए ।

अहिले पनि मधेसप्रति शासकको विभेदकै व्यवहार रहेको भन्दै उनले भने , ‘अहिले पनि हाम्रा पार्टीका सांसद रेशम चौधरी जेलमै छन्, सयौं नेता कायकर्ताले मुद्धा खेपी रहेका छन् ।’

लोकतान्त्रिक सामाजबादी पार्टी पर्साले शहिद सत्रुधन पटेलको गाउँ पकहा चौकमा आयोजना गरेको स्मृती सभामा बोल्दै अध्यक्ष ठाकुरले आफूहरु मधेसीका मागलाई सम्बाेधन गर्ने गरी नेकपा एमालको सरकारलाई समर्थन जनाएकाे पनि प्रष्ट पारे ।

मधेस र मधेसीकाे माग पुरा गर्न जुनसुकै पार्टीको सरकारसँग पनि आफूहरु सहकार्य गर्न तयार रहेकाे अध्यक्ष ठाकुरले बताए ।

 


सम्बन्धित खबरहरु