आज:  | Tue, 21, Apr, 2026

पकाहा मैनपुर गाउँपालिका ३ का वडा अध्यक्ष कार्यालयमै मस्त निन्द्रामा

Avatar photo दिशा निर्देश ३ आश्विन २०७८, आईतवार १७:०१ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष मदन साह कानु कार्यालय समयका बेला सितिमिति भेटिँदैनन् । तर कार्यालय बिदा रहेको दिनमा भने कार्यालयमै गएर सुत्ने गरेको भेटिएको छ ।

कानुले कार्यालयलाई व्यक्तिगत विश्रामघर बनाएको पाइएको हो । संविधान दिवसका दिन वडा कार्यालय पुग्दा वडा अध्यक्ष कानु कार्यालयको टेबलमा मस्त निदाइ रहेको भेटिए ।

सेवाग्राहीको काम गर्ने बेला फेला नपर्ने वडाअध्यक्ष विदाका दिनमा भने कार्यालयमै सुत्ने गरेको स्थानीय बताउँछन् ।

‘हाम्रा वडाअध्यक्षले कार्यालयाई आफ्नै निजी सम्पत्ति ठाने,’ स्थानीय विक्की साह भन्छन्, ‘ जनताको काम गर्ने बेला नभेटिने उनी विदाका बेला भने कार्यालयलाई नै विश्राम थलो बनाइरहेका छन् ।’

यसबारेमा वडाअध्यक्ष कानुसँग सोध्दा आफू अस्वस्थ भएकाले कार्यालयमा केही बेर विश्राम गरेको प्रतिकृया दिए ।


सम्बन्धित खबरहरु