आज:  | Tue, 21, Apr, 2026

शहीद पटेलको स्मृतिसभामा भाग लिन लोसपा अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो वीरगञ्जमा

Avatar photo दिशा निर्देश २ आश्विन २०७८, शनिबार २१:०६ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – शहीद सत्रुधन पटेलको श्रद्धान्जलीसभामा भाग लिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो वीरगञ्ज आइपुगेका छन् ।

आइतबार पर्साको पकाहामैनपुरमा हुने श्रद्धाञ्जलीसभामा भाग लिन दुवै नेता शनिबार नै वीरगञ्ज आइपुगेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेशमान सिंहले बताए ।

दुवै नेतालाई सिमरा विमानस्थलमा भव्य स्वागत गर्दै वीरगञ्ज ल्याइएको उनले बताए ।

२०७२ असोज ३ गते संविधान सभाबाट संविधान जारी हुँदै गर्दा मधेस र मधेसीको अधिकार नसमेटिएको भन्दै भएको मधेस आन्दोलनमा प्रहरीको गोली लागेर सत्रुधन पटेलको ज्यान गएको थियो ।

वीरगञ्जको गीतामन्दिर रोडमा भएको प्रदर्शनमा पटेलमाथि गोली प्रहार भएको थियो ।

संविधान जारी भएकै दिन भएको प्रदर्शनमा आफ्ना कार्यकर्ता मारिएपछि मधेसवादी दलले संविधान जारी भएको दिनलाई कालो दिवसका रुपमा मनाउँदै आएका छन् ।

यस वर्ष पनि लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवसको दिन कालो दिनको रुपमा सम्झना गर्दै त्यही दिन सहादत प्राप्त गरेर पटेलको स्मृतिमा सभा गर्न लागेको हो ।

दिउँसो १ बजेदेखि हुन लागेको कार्यक्रमको सबै तयारी पुरा भएको र पार्टीका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ नेताले सभालाई सम्बोधन गर्ने नेता राजेशमान सिंहले बताए ।


सम्बन्धित खबरहरु