आज:  | Tue, 21, Apr, 2026

वीरगञ्ज २१ मा लोसपाको कार्यकर्ता भेटघाट

Avatar photo दिशा निर्देश २ आश्विन २०७८, शनिबार १४:४२ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – लोकतान्त्रिक समाजवादी पार्टी पर्साले कार्यकर्ता भेटघाटलाई तिव्रता दिएको छ । स्थानीय निर्वाचन नजिकिएसँगै पार्टीले कार्यकर्तासँग भेट गर्दै स्थानीय स्तरमा आइपरेका समस्या बुझ्ने काम गरिरहेको छ । त्यसै अन्तर्गत शनिबार बिहान वीरगञ्जको वडा नम्बर २१ परवानीपुरमा कार्यकर्ता भेटघाट गरेको छ ।

भेटघाट कार्यक्रममा स्थानीयवासिका कुरा सुन्दै उनीहरुका समस्या समाधानका लागि पहल गर्ने नेताहरुले विश्वास दिलाएका छन् ।

कार्यक्रममा पार्टीका युवा नेता राजेशमान सिंहले वीरगञ्जको विकासका लागि आउँदो निर्वाचनमा साइकलमा मतदान गरेर पार्टीलाई नेतृत्वदायी भूमिकामा पठाउन सबैलाई आग्रह गरे ।

 

‘चाय पर चर्चा’ कार्यक्रम अन्तर्गत स्थानीय संजय मण्डलको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका नेता मुकेश द्विवेदी, वकिल मिया, स्थानीय नेता प्रमोद प्रसाद पटेल रामजी पटेल, कृष्णा पटेल, अजय महतो, शिवकुमार पटेललगायत स्थानीय वासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रको सहजीकण पार्टीका जिल्ला सचिव उमेशलाल सहनीले गर्नु भएको थियो ।


सम्बन्धित खबरहरु