आज:  | Tue, 21, Apr, 2026

नेपाल अमेरिकासँग ६ विकेटले पराजित

Avatar photo दिशा निर्देश २ आश्विन २०७८, शनिबार ११:२४ मा प्रकाशित (४ साल अघि)

विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको छ ।

ओमानको अल अमिरात मैदानमा गए राति नेपालले दिएको एक सय ७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर तीन बलमा चार विकेट गुमाएर पूरा गर्यो ।

अमेरिकाका लागि स्टेभेन टेलरले ६३ बलमा ९२ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले दुई दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४८ ओभरमा सवै विकेट गुमाउँदै एक सय ७४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ३६ र राष्ट्रिय टोलीमा डेब्यु गरेका गुलशन झाले २८ रन बनाए । लिगअन्तर्गत अमेरिकासँग यसअघि भएका तीन वटै खेलमा नेपाल विजयी भएको थियो ।

नेपालले अर्को खेल आइतबार ओमानसँग खेल्नेछ । लिग–२ मा ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा छ । नेपाल ७ खेलमा ६ अङ्क जोडेर छैटौँ स्थानमा छ ।


सम्बन्धित खबरहरु