आज:  | Tue, 21, Apr, 2026

‘भारतीय नागरिक पटेल’लाई कारबाही गर्न फोनिज पर्साका अध्यक्ष प्रधानको माग

Avatar photo दिशा निर्देश १ आश्विन २०७८, शुक्रबार २०:४० मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)का पर्सा जिल्ला अध्यक्ष कुलनारायण प्रधान (दिलिप)ले एक जना भारतीय महिलाले आफ्नो चरित्र हत्या हुने गरी गतिविधि गरिरहेको भन्दै कारबाही गर्न माग गरेका छन् ।

पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेलाई ज्ञापन पत्र दिँदै भारतीय नागरिक सीता पटेल आफ्नो बारेमा अनर्गल प्रचार गर्दै हिँडेको भन्दै उनलाई कारबाही गर्न माग गरेका हुन् ।

वीरगञ्ज ११ श्रीपुरका सामुदायिक सेवा केन्द्रका सचिवसमेत रहेका प्रधानलाई पटेलले ५० आफ्नो ससुरासँग मिलेर घर निकाला गर्ने षड्यन्त्रमा सहभागि भएको आरोप लगाएकी थिइन् । उनले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै घटना मिलाउन प्रधानले आफूसँग ५० हजार लिएको तर काम नगरी उल्टै आफूलाई दुःख दिएको बताएकी थिइन् ।

प्रधानले भने पटेलले आफूलाई तथ्यहिन आरोप लगाएको भन्दै उनीविरुद्ध जिल्ला अदालत पर्सामा किर्ते नागरिकताको मुद्धा चलिरहेको र त्यसबाट बच्न आफूहरुमाथि अनर्गल आरोप लगाउँदै हिँडेको बताए ।


सम्बन्धित खबरहरु