आज:  | Tue, 21, Apr, 2026

वीरगञ्ज महानगरले लिएकाे छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

Avatar photo दिशा निर्देश १ आश्विन २०७८, शुक्रबार १८:३५ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले पूर्ण छात्रवृत्तिमा उच्च शिक्षा अध्ययनका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गरी एसइइ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्न परीक्षा लिएको थियो ।

जसमा सामुदायिकतर्फ ४४ जना छात्र र ४३ जना छात्रा तथा संस्थागततर्फ ४६ जना छात्र र ४५ जना छात्राले छात्रवृत्तिमा नाम निकाल्न सफल भएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकाहरुलाई अध्ययनका लागि सिफारिश गरिएका विद्यालयको पत्र आउँदो १२ गतेदेखि वितरण गरिने पनि कर्णले जानकारी दिए ।

नतिजा हेर्नुहाेस्


सम्बन्धित खबरहरु