आज:  | Tue, 21, Apr, 2026

अब कांग्रेस पर्साको आफ्नै भवन, आज झण्डोत्तोलन गरियो

Avatar photo दिशा निर्देश १ आश्विन २०७८, शुक्रबार १६:३४ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – नेपाली काग्रेस पर्साको नवनिर्मित भवनमा आज झण्डोत्तोलन गरिएको छ । वीरगञ्ज महानगरपालिका २४ मा निर्माणको क्रममा रहेको भवनमा आज एक कार्यक्रमकाबीच झण्डोत्तोलन गरिएको हो ।

आत्माराम ओझा, दुखा सहनीको स्मृतिमा बनिरहेको भवनमा आत्माराम ओझाका भतिजा सत्येन्द नारायण ओझा र दुखा सहनीकी श्रीमती सुरूजपती देवी तथा कांग्रेस पर्सा जिल्ला सभापति अजय द्विवेदी र कांग्रेसका नेता देवेन्द्रलाल नेपालीले संयुक्तरूपमा पार्टीको झण्डा राखेका हुन् ।

नेपाली कांग्रेस पर्साको पार्टी कार्यालय अहिले भाडाको घरमा सञ्चालनमा रहेकाले अब पार्टीको आफ्नै कार्यालय बनेपछि पार्टीको गतिविधि अगाडी बढाउन सहज हुने सभापति द्विवेदीले बताए ।

झण्डोत्तोलन कार्यक्रममा पार्टीका जिल्ला उपसभापति दिना गुप्ता, प्रकाश उपध्याय, सचिव द्वय किशोरी साह कानु, श्याम पटेल, सहसचिवद्वय रोशन लामिछाने, किरण सरकार, विधायक शंकर चौधरी, राजेश्वर साह लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।


सम्बन्धित खबरहरु