आज:  | Tue, 21, Apr, 2026

बैंकले बढाए ब्याजदर, निक्षेपमा सबैभन्दा बढी सनराइज र कम स्टाण्डर्ड चार्टर्डले दिने

Avatar photo दिशा निर्देश ३१ भाद्र २०७८, बिहीबार १९:१४ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – बैंकहरुले निक्षेप तथा कर्जाको ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरुले ब्याजदर बढाएका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा केही समयअघिसम्म पर्याप्त लगानी योग्य रकम (तरलता) रहेको थियो । कोरोना संक्रमणको जोखिम कम हुँदै गएसँगै बैंकहरुमा तरलता घट्दै गएको छ ।

राष्ट्र बैंकका अनुसार अहिले बजारमा करिब १९ अर्ब रुपैयाँमात्रै तरलता रहेको छ । एक महिना अघिसम्म ५० अर्ब माथि तरलता रहेको थियो । निक्षेपमा सबैभन्दा बढी ब्याजदर सनराइज बैंकले दिने भएको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार निक्षेपमा १० दशमलव ०७ प्रतिशत दिनेछ ।

धेरै ब्याजदर दिनेमा प्राइम कमर्सियल बैंक दोस्रो र मेगा बैंक तेस्रो नम्बरमा देखिएको छ । प्राइमले ९ दशमलव ७५ प्रतिशत ब्याजदर दिने उल्लेख गरेको छ भने मेगाले ९ दशमलव ५५ प्रतिशत दिने बताएको छ । नबिल बैंकले मुद्दति निक्षेपमा ९.२६ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ ।

यो बैंकले साधारण निक्षेपमा ४.२६ देखि ६.२६ प्रतिशत ब्याज दिने बताएको छ । मुद्दति निक्षेपमा भने बैंकले ६.५१ प्रतिशतदेखि ९.२६ प्रतिशतसम्म दिने बताएको छ । कर्जाको ब्याजदर भने बेस रेटमा १.५ देखि ६ प्रतिशतसम्म पि्रमियम थपेर ब्याज लिने उल्लेख गरेको छ । नबिलको बैंकको बेस रेट साउन मसान्तसम्म ५.५२ प्रतिशत रहेको छ ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकले साधारण बचतमा ३.०६ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ भने मुद्दति निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । आधारदर ५.४१ प्रतिशत रहेको यस बैंकले आधारदरमा असार महिनाको आधारमा १ देखि ३ प्रतिशतसम्म पि्रमियम थपेर कर्जामा ब्याज लिने जनाएको छ ।

निक्षेपमा कसको कति पुग्यो ? 


सम्बन्धित खबरहरु