आज:  | Tue, 21, Apr, 2026

पहिराेले मुग्लिन–नौबिसे सडक बन्द

Avatar photo दिशा निर्देश ३० भाद्र २०७८, बुधबार ०८:२४ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – पहिराेको कारण मुग्लिन–नौबिसे सडक बन्द भएको छ । सडक माथिबाट पहिरो झरेपछि दुईतर्फी नै सडक बन्द भएको हो ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान दुई बजेतिर पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिनुभयो ।


सम्बन्धित खबरहरु