काठमाण्डाै – ओपनर जतिन्दर सिंहले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक प्रहार गरेपछि आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत ओमानले नेपाललाई ५ विकेटले पराजित गरेको छ ।
ओमान क्रिकेट एकेडेमीको मैदानमा १९७ रनको झिनो लक्ष्य घरेलु टोलीले ५ विकेट गुमाएर ३१.१ओभरमा पूरा गर्यो ।
अर्का ओपनर शोएव खानलाई ७ रनको स्कोरमा सुशन भारीले आशिफ शेखको हातबाट क्याच आउट गराए पनि जितेन्दरले आउन खानसँग मिलेर ९८ रनको साझेदारी गरेपछि ओमानले पावर प्ले (१० ओभर) भित्रै १ सय रनको स्कोर पार गरेको थियो ।
सन्दीप लामिछाने पेट दुखेमा कारण बलिङ गर्न असमर्थ भएपछि नेपालको स्पिन आक्रमण कुशल मल्ल र सुशन भारीले संहालेका थिए ।
२५.३ ओभरमा कुशल मल्लकै बलमा जितेन्दर बाउन्ड्री एरियामा रोहित कुमार पौडेलको हातबाट क्याचआउट भए ।
जितेन्दरले आठौं ओभरमा करन केसीको बलमा २० रन प्रहार गरेका थिए । करन इनिङको महंगा बलर बने । उनले ५ ओभरमा ५२ रन खर्चिए र २ विकेट लिए ।
त्यसअघि कुशलले ओमानका कप्तान जीसन मक्सुदलाइ पनि आउट गरेका थिए । ओमानका मोहम्मद नदिमले ३८ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले आशिफ शेखको ९० रनमा यागदानमा ४७.४ ओभरमा अलआउट हुँदै १९६ रनको स्कोर खडा गरेको थियो ।
नेपालका लागि आशिफ शेख १० रनले शतक बनाउन चुक्दा कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेल क्रमश व्यक्तिगत २१ र २० रनमा पभेलियन फर्किएका थिए ।
अद एमिरेट मैदानमा नेपाली टिमका कप्तान मल्लले टस जितेर पहिला ब्याटिङ रोजेका थिए ।
आजको टिममा पनि कुनै परिवर्तन भने गरिएको थिएन । यसअघि अमेरिकाविरुद्ध ५ विकेटको जित निकालेको टिमै मैदान उत्रिएको थियो ।
