आज:  | Tue, 21, Apr, 2026

बाल मन्दिरमा बाल दिवस

Avatar photo दिशा निर्देश २९ भाद्र २०७८, मंगलवार २२:११ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा नेपाल बाल संगठन पर्साले वीरगञ्जको आदर्शनगरमा रहेको बालमन्दिरमा विभिन्न कार्यक्रम गरेको छ ।
दिवसको अवसरमा विभिन्न खेल आयोजना गर्नुका साथै शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ मनाइएको दिवसका अवसरमा बाल मन्दिरमा रहेका विद्यार्थीहरुले विभिन्न प्रतियोगितामा सहभागिता जनाएका थिए ।

बाल मन्दिर प्राङ्गणमा आयोजित प्रतियोगिता अन्तर्गत म्युजिकल चियर, स्पुन मार्बल, सर्कल इन आउट जस्ता खेलमा सहभागि भएर प्रथम, द्वित्तिय, तृतीय र सान्तवना स्थान प्राप्त गरेका बालबालिकालाई पुरस्कारबाट सम्मानित पनि गरिएको थियो ।

बालबालिकालाई पढाईतर्फ केन्द्रित गर्न खेलकुदका माध्यम प्रयोग गर्नु उपयुक्त हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बाल संगठन पर्साका सभापति रामकिशोर सिंह पराग बताउँछन् ।

बाल संगठनले अहिले अनाथ तथा असहाय बालबालिकालाई निशुल्क पठन पाठनको व्यवस्था गरिरहेको भन्दै उहाँले आउँदा दिनमा पनि उनीहरुको पठन पाठनलाई निरन्तरता दिन लागि परेको बताए ।

कार्यक्रममा बाल मन्दिर विद्यालयका प्रधानाध्यापक रामाधर साह, बाल संगठन पर्साका सचिव हेमन्त तामाङ, कोषाध्यक्ष राजाबाबु रौनियार, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित खबरहरु