आज:  | Tue, 21, Apr, 2026

मालिंगाले लिए क्रिकेटबाट संन्यास

Avatar photo दिशा निर्देश २९ भाद्र २०७८, मंगलवार १९:२६ मा प्रकाशित (४ साल अघि)

काठमाडौँ — श्रीलंकाली तीव्र गतिका बलर लासिथ मालिंगाले सबै प्रकारको क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । मालिंगाको नेतृत्वमा श्रीलंकाले सन् २०१४ को टी-२० विश्वकप जितेको थियो ।

यसअघि नै मालिंगाले एक दिवसीय र टेष्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए ।

तीस वटा टेष्ट खेलका उनले १ सय १ विकेट लिएका थिए त्यसैगरी २ सय २६ वटा एकदिवसीय खेलमा उनले ३ सय ३८ र ८३ वटा टी-२० खेलका मालिंगाले १ सय ७ विकेट लिएका थिए ।

लामो घुङ्ग्रिएको कपाल र फरक शैलीको बलिङ एक्सन चर्चाको विषय हुने गरेको थियो ।


सम्बन्धित खबरहरु