आज:  | Tue, 21, Apr, 2026

अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन लागेको राष्ट्र सङ्घकाे चेतावनी

Avatar photo दिशा निर्देश २९ भाद्र २०७८, मंगलवार ०९:१९ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानमा तत्काल ६० करोड डलर सहयोगका लागि अपिल गरेको छ । जेनेभामा भएको सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग आह्वान गरिएको हो ।

राष्ट्र सङ्घले अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन लागेको चेतावनी समेत दिएको छ । गएको महिना तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो ।

त्यहाँ तत्कालै खाना, औषधि र सरसफाइ अति आवश्यक रहेको राष्ट्र सङ्घले जनाएको छ । ६० करोड डलर सहयोग जुटाउन सके दशौँ लाख मानिसलाई राहत पुग्ने भनिएको बीबीसीले जनाएको छ। राष्ट्र सङ्घले सहायताकर्मीलाई नरोक्न पनि तालिबानसँग आह्वान गरेको छ ।

साथै अफगानिस्तानमा महिला र बालिकाको अधिकारबारे चिन्ता बढेको छ । संयुक्त राष्ट्र सङ्घकी अधिकार प्रमुख मिसेल बाचेले तालिबानीहरूलाई महिला अधिकार र सम्मानको घोषणाबारे स्मरण गराएकी छिन् ।


सम्बन्धित खबरहरु