आज:  | Tue, 21, Apr, 2026

म पार्टीकाे प्रवक्ता हाेइन : याेगेश भट्टराई

Avatar photo दिशा निर्देश २६ भाद्र २०७८, शनिबार १४:०६ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – नेकपा एमाले नेता योगेश भट्टराईले आफू पार्टीको प्रवक्ता नरहेको बताएका छन् । ‘सर्वोच्च अदालतबाट एमाले ब्युँतिएपछि हाम्रो लाईन पार्टीलाई २ जेठ २०७५ मा फर्काउनुपर्छ भन्ने थियो ।

त्यस समय हाम्रो पार्टीमा प्रवक्ता तोकिएकै थिएन । म प्रचार विभागको प्रमुख थिएँ’ भट्टराईले शनिबार पत्रकारहरुसँग भने,‘यही विभागमार्फत पार्टीका जानकारीहरु प्रवाह हुने गरेकाले धेरैलाई म प्रवक्ता हुँ भन्ने लागेको थियो ।’

उनले थपे, ‘सर्वोच्चको फैसलाबाट २३ फागुनमा माओवादी र एमाले ब्यूँतिएपछि हाम्रो पार्टीमा विवाद देखियो र त्यसपछि १० बुँदे सहमति भयो ।

यही अवधिमा २३ फागुनपछि प्रवक्ता पद सिर्जना भयो र प्रदीप ज्ञवाली प्रवक्ता हुनुहुन्छ, अब उहाँ प्रवक्ता हुने कि म हुने भन्ने कुरा बैठकले टुंग्याउँला । अहिले यो काम उहाँले नै गर्नुहुन्छ, प्रचार विभागको काम म गर्छु ।’


सम्बन्धित खबरहरु