आज:  | Tue, 21, Apr, 2026

करकाे दायरामा युट्युब

Avatar photo दिशा निर्देश २६ भाद्र २०७८, शनिबार १३:०० मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालमा अपलोड गरिएका श्रव्यदृश्य सामग्रीबाट प्राप्त हुने विदेशी मुद्रामा अब एक प्रतिशत कर लाग्ने भएको छ । सरकारले पहिलो पटक सामाजिक सञ्जालमार्फत हुने आयमा कर लगाउन लागेको हो ।

शुक्रबार संसदमा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कुनै व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृष्य सामग्री अपलोड गरेवापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्दा एक प्रतिशतका दरले कर लाग्ने व्यवस्था गरेको घोषणा गरेका हुन् ।

उनका अनुसार अब सम्बन्धित बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनी ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्ने भएको छ ।


सम्बन्धित खबरहरु