आज:  | Tue, 21, Apr, 2026

इङ्ग्लिस प्रिमियर लिगमा आज आठ खेल हुँदै

Avatar photo दिशा निर्देश २६ भाद्र २०७८, शनिबार १२:५८ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज आठ खेल हुँदैछन् ।

टोटनह्याम र क्रिस्टल प्यालेस बेलुका सवा ५ बजे खेल्नेछन् । त्यस्तै साविक विजेता म्यानचेस्टर सिटी र लेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र न्युक्यासल युनाइटेड, वाट्फोर्ड र उल्भ्स, ब्रेन्टफोर्ड र ब्राइटन, आर्सनल र नर्विच सिटी तथा साउथह्याम्पटन र वेस्ट ह्याम राति पौने आठ बजे खेल्नेछन् ।

१२ वर्षपछि म्यानचेस्टर फर्किएका क्रिस्टियानो रोनाल्डो टोलीमा परेका छन् । उनले न्युक्यासलसँगको आजको खेल खेल्ने सम्भावना रहेको छ । त्यस्तै आज राति सवा १० बजे हुने खेलमा चेल्सी र एस्टन भिल्ला खेल्दैछन् ।


सम्बन्धित खबरहरु