आज:  | Tue, 21, Apr, 2026

स्थापना दिवसको अवसरमा सीएमए संघको रक्तदान कार्यक्रम 

Avatar photo दिशा निर्देश २५ भाद्र २०७८, शुक्रबार १२:१९ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज –  नेपाल सी.एम.ए. संघ पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ पोका रक्त संकलन भएको छ ।

संघको १८ औं स्थापना दिवसको अवसर पारेर वीरञ्जको घण्टाघरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ३१ पोका रक्त संकलन भएको हो ।

रक्त संचार केन्द्र वीरगञ्जमा रगत अभाव रहेको र रगत नहुँदा बिरामीलाई समस्या आउन थालेको जानकारी आएपछि आफुहरुले स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष जोगिन्द्र प्रसाद चौरसियाले बताए ।

कार्यक्रममा ब्लड बैंक वीरगञ्जले प्राविधिक सहयोग गरेको थियो ।

संघका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसादको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामदयाल महतो, कार्यक्रम संयोजक मनोज पटेल, ब्लड बैंक वीरगञ्ज प्रमुख शौरभराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित खबरहरु