आज:  | Tue, 21, Apr, 2026

साेमबार बढेकाे नेप्से मंगलबार फेरी ४४ अंकले घट्याे, कारोबार रकम ७ अर्बमा सीमित

Avatar photo दिशा निर्देश २२ भाद्र २०७८, मंगलवार १६:४४ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – मंगलबार शेयरबजारको कारोबारमा उतारचढाव आइरह्यो । सुरुमा बढेको बजार घट्ने र बढ्ने भैरहँदा कारोबार बन्द हुँदा नेप्से ४४.१८ अंकले घटेर २९३६.६१ अंकमा पुगेको छ ।

दोहोरो अंकले नेप्से घट्नुका साथै कारोबार रकम पनि ७ अर्बमा सीमित हुन सक्यो । मंगलबार २ सय २२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ८६ हजार ५ सय ८ पटकको किनबेचबाट ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १ सय ६१ रुपैयाँमा कारोबार भएको हो ।

आज कारोबारमा आएका अन्य समूह र म्युचुअल फण्डबाहेकका सबै समूहको सूचक घटेको छ । कम्पनीगत रूपमा भने २६ कम्पनीको शेयरमूल्य बढ्यो भने १ सय ५९ कम्पनीको शेयरमूल्य घट्यो ।

मूल्य बढ्नेमा कम्पनीमा सानिमा लाइफ इन्स्योरेन्स अगाडि छ । सानिमा लाइफको शेयर मूल्यमा सर्किट लाग्यो । यस्तै  युनाइटेड मोदी, एचआईडीसीएल, युनिलिभरलगायतका कम्पनीको शेयरमूल्य बढेको छ । मूल्य घट्ने कम्पनीमा आरएमडीसी, रुरु जलविद्युत्, प्रोग्रेसिभ फाइनान्सलगायतका कम्पनी छन् ।

कारोबारमा भने युनाइटेड मोदी हाइड्रो अगाडि छ । यो कम्पनीको ६१ करोड ९२ लाख ९१ हजार ६ सय ९२ रुपैयाँबराबरको शेयर कारोबार भएको छ भने अरुण हाइड्रोको ३८ करोड ४२ लाख ८७ हजार ४ सय ८२ रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।


सम्बन्धित खबरहरु