काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पास नहुने बताएका छन् ।
मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
एमसीसीबारे अमेरिकालाई कूटनीतिक नोट पठाएको र त्यसको जवाफ नआएको बताउँदै प्रचण्डले राष्ट्रियतामाथि प्रश्न उठ्ने विषयमा माओवादी सहमत हुन नसक्ने बताए ।
कार्यक्रममा प्रचण्डले वाईसीएलमा चयन भएको नयाँ नेतृत्वलाई एकीकृत र एकढिक्का भएर अघि बढ्न निर्देशन समेत दिए ।
बैठकले वाईसीएलको संयोजकमा सुमन देवकोटा ‘अब्दुल’ र सह-संयोजकमा सुबोधराज सेर्पाली चुनिसकेको छ ।
