आज:  | Tue, 21, Apr, 2026

साइबर अपराधबाट बच्न सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत बनौँ

Avatar photo दिशा निर्देश २२ भाद्र २०७८, मंगलवार ११:१८ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – पछिल्लो समय सामाजिक सञ्जाल दुरुपयोगका घटना बढ्दै गएकाले सामाजिक सञ्जाल चलाउँदा विशेष ध्यान दिनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

सामुदायिक प्रहरी सेवा केन्द्र, वीर्ताको आयोजना र जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा आजबाट शुरु साइबर क्राइम सचेतना अभियानका वक्ताहरुले यस्तो जोड दिएका हुने ।

आज विर्तामा रहेको त्रिजुद्द मा .विका विद्यार्थीहरुलाई सामाजिक सञ्जाल र यसबाट उत्पन्न अपराधका बारेमा जानकारी दिँदै यसको प्रयोग गर्दा ध्यान दिन पनि आग्रह गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले पछिल्लो समय विद्यार्थीहरु नै साइबर क्राइमका घटनामा बढी संलग्न रहेको भेटिएकाले यसबाट बच्न सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष ध्यान दिनुपर्ने बताए ।

विद्यालय र कलेज तहका विद्यार्थी कतिपय जानी जानी यस्तो घटनामा संलग्न रहेको र कतिपय अन्जानमै अपराधमा फस्ने गरेकाले जथाभावी रुपमा सामाजिक संजालको प्रयोग गर्न छाड्नु नै यसबाट बच्ने सरल उपाय रहेको उनले बताए ।

कार्यक्रममा त्रिजुद्द मा विका प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मी, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, मानव अधिकार तथा शान्ति समाज पर्साका अध्यक्ष प्रेम पटेल, सामाजिक अभियन्ता सुदिप लामा, शिक्षक रवि चौरसिया लगायतले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीका विषयमा विद्यार्थीहरुलाई सिकाएका थिए ।
सामुदायिक वीर्ताका अध्यक्ष सालिकराम साहको सभापतित्वमा भएको कार्यक्रमको उद्घोषण सञ्चारकर्मी हेमन्त तामाङले गरेका थिए ।

 


सम्बन्धित खबरहरु