आज:  | Tue, 21, Apr, 2026

उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउनेको नाम सार्वजनिक

Avatar photo दिशा निर्देश २२ भाद्र २०७८, मंगलवार ०९:०९ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – आज निजामती कर्मचारी दिवस मनाइँदै छ । दिवसका अवसरमा ४० जना निजामती कर्मचारी सम्मानित हुँदै छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । जसअनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरुस्कार प्रदान गर्न लागिएको हो ।

दुई लाख पुरस्कार राशि रहेको सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारका लागि भने यो वर्ष पनि कोही छनोट भएको छैन । उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको एक लाख रहेको छ । ०७३ साल यता यो पुरस्कारका लागि कोही छनोट भएका छैनन् ।


सम्बन्धित खबरहरु