आज:  | Tue, 21, Apr, 2026

बाल मन्दिर आधारभुत विद्यालयले वितरण गर्‍याे छात्राहरुलाई साइकल

Avatar photo दिशा निर्देश १८ भाद्र २०७८, शुक्रबार २१:३५ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – वीरगञ्जको आदर्शनगरमा रहेको बाल मन्दिर आधारभुत विद्यालयले आज एक कार्यक्रमकाबीच छात्राहरुलाई साइकल वितरण गरेको छ ।

मुख्यमन्त्री ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रम अन्तर्गत १२ जना छात्रालाई विद्यालयले शुक्रबार साइकल वितरण गरेको हो ।

विद्यालयमा आयोजित कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश प्रसाद यादबले विद्यार्थीलाई साइकल हस्तान्तरण गर्नु भयो ।

छात्राहरुलाईअध्यनका लागि आउजाउ गर्न साइकलले सहयोग पुर्‍याउने भन्दै यसले विद्यार्थी भर्ना दर पनि बढ्ने सहभागिहरुले विश्वास ब्यक्त गरे ।

जिल्ला बाल संगठन पर्साका सभापति रामकिशाेर सिंहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष रामनगिना प्रसाद साह, संघीय शिक्षक फोरमका पर्सा जिल्ला अध्यक्ष हरिन्द्र प्रसाद चौरसियाकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा विद्यालयका रामाधर प्रसाद साहले स्वागत मन्तव्य व्यक्त गर्नु भएकाे थियाे ।


सम्बन्धित खबरहरु