वीरगञ्ज – काठमाण्डौ – वीरगञ्ज लगायत देशका धेरै ठाउँमा आज (शुक्रबार) पनि पानी परिरहेको छ ।
हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भु–भाग भन्दा केही तल रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भई पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश नं १, २, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मैसमविद्ले बताएका छन् ।
यस्तै शुक्रबार राति पनि वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।
वीरगञ्जसहित धेरै ठाउँमा आज मौसम धुम्म रहनेछ ।
