आज:  | Tue, 21, Apr, 2026

अमेरिकामा आएकाे बाढीले एकै परिवारका ३ जना नेपालीकाे ज्यान लियाे

Avatar photo दिशा निर्देश १८ भाद्र २०७८, शुक्रबार ०८:२७ मा प्रकाशित (४ साल अघि)

अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन् ।

युनाईटेड शेर्पा एसोसिएसन न्यूयोर्कले दिएको जानकारी अनुसार उनीहरुको बाढीमा परी मृत्यु भएको हो ।

अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा ,बाढी र घुम्रपात (टोरनाड़ो ) को कारण ४५ जनाको मृत्यु भइसकेको छ भने न्यूजर्सीमा मात्र २३ जनाको मृत्यु भएको छ ।


सम्बन्धित खबरहरु