आज:  | Tue, 21, Apr, 2026

माथिबाट खसेकाे ढुङ्गाले थिच्दा सानिमा हाइड्रोमा काम गर्ने मजदुरको ज्यान गयाे

Avatar photo दिशा निर्देश १८ भाद्र २०७८, शुक्रबार ०७:५७ मा प्रकाशित (४ साल अघि)

ताप्लेजुङ – ताप्लेजुङमा निर्माण भइरहेको सानिमा हाइड्रो पावरमा काम गर्ने एक जना मजदुरको ज्यान गएको छ ।

काम गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले थिच्दा  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-१ का ४४ वर्षका खगप्रसाद तामाङको ज्यान गएको हो ।

हिजो हाइड्रो पावरको भान्सा कोठामा बसिरहेका बेला माथिबाट आएको ढुङ्गाले उहाँलाई थिचेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


सम्बन्धित खबरहरु