आज:  | Tue, 21, Apr, 2026

सेजनकाे चुनाव आज, अध्यक्षमा ज्ञवाली, ढुंगाना र बरालको उम्मेदवारी

Avatar photo दिशा निर्देश १८ भाद्र २०७८, शुक्रबार ०७:४८ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा तीनजनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा क्लिकमाण्डु डटकमका सम्पादक आशिष ज्ञवाली, नेपाल लाइभ टुडेका सम्पादक शिरोमणी ढुंगाना  र नयाँ पत्रिका दैनिकका आर्थिक ब्युरो प्रमुख जनार्दन बरालले उम्मेद्वारी दिएका हुन् ।

सेजनको शुक्रबार (आज) हुने २२ औं वार्षिक साधारणसभा तथा अधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत निर्वाचन समितिले उम्मेद्वारहरुको अन्तिम नामावली बिहीबार प्रकाशित गरेको हो ।

जसनुसार उपाध्यक्षमा दुई जनाले उम्मेद्वारी दिएका छन् । उपाध्यक्षमा कृष्ण रिजाल (नयाँ पत्रिका दैनिक) र सुजन ओली(क्यापिटल नेपाल डटकम) ले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै, महासचिवमा भागवत भट्टराई (शिलापत्र डटकम) र विनय बञ्जारा (अर्थपथ डटकम)ले उम्मेद्वारी दिएका छन् ।

सचिवमा हिमाल पौडेल, हिमा विक र एलिजा उप्रेतीले उम्मेद्वारी दिएका छन् भने कोषाध्यक्षमा कमला अर्याल, लक्ष्मी सापकोटा र सुजन ढुंगानाले उम्मेद्वारी दिएका छन् ।

यसैगरी, सदस्यमा अच्युत पुरी, अमर बडुवाल, इशारा कोइराला, चेतबहादुर अधिकारी (सीबी), शंकरप्रसाद पण्डित र शोभित थपलियाले उम्मेद्वारी दिएका छन् ।

अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा १/१ जना र सदस्य पदमा ५ जना चयनका लागि निर्वाचन हुने छ । कार्यसमितिमा १ जना सदस्य मनोनित गर्ने व्यवस्था छ ।

काठमाडौँको वानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा बिहान ८ः३० बजेदेखि साधारण सभा, त्यसपछि अधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम हुने सेजनले जनाएको छ ।


सम्बन्धित खबरहरु