काठमाण्डाै – टोकियो पाराओलम्पिकमा सहभागिता जनाउने एकमात्र नेपाली खेलाडी पलेशा गोवर्धनले आज प्रतिस्पर्धा गर्नेछिन् ।
उनको तौलसमूहको फाइनल पनि शुक्रबार (आजै) हुनेछ । पारातेक्वान्दोको के४४ विधाअन्तर्गत ५८ केजीमुनी तौलसमूहमा प्रिक्वाटरफाइनल चरणको खेलमा पलेशाले बेलायती बेथ मुनरोसँग खेल्नेछिन् ।
पारातेक्वान्दोको यो तौलसमूहमा ११ खेलाडी समावेश छन् । पलेशाले कम्तिमा २ खेल जितेमा पदक पक्का पर्नेछिन् ।
