आज:  | Tue, 21, Apr, 2026

सैनिक अदालतको फैसला : साथीको हत्या आरोपी सैनिक जवानलाई जन्मकैद

Avatar photo दिशा निर्देश १८ भाद्र २०७८, शुक्रबार ०६:४४ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – सैनिक हुद्दा भरत गुरुङको हत्या आरोपीलाई सैनिक अदालतले जन्मकैदको सजाय सुनाएको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले गुरुङको हत्यामा संलग्न देखिएका सैनिक गंगाधर ढकाललाई २५ वर्ष कैद सजाय गर्ने निर्णय गरेको हो ।

भरतपुर–१७, सिमलडाँडामा ७ साउनमा गुरुङको शव भेटिएको थियो । ढकालको बयानबाट उनले एसएमजी हतियार चोरी साथीलाई गोली हानेको खुलेको थियो ।

उनीबाट बरामद हतियार चोरीको अभियोगमा दुई सैनिक जवान लभकुमार गुरुङ र सरोज तामाङ जेल सजाय काटिरहेका छन् । गुरुङलाई जन्मकैदको फैसला भएसँगै गुरुङ र तामाङको विषयमा पनि सैनिक विशेष अदालतले आदेश गर्दैछ ।

सैनिक स्रोतले भन्यो, ‘सम्भवतः भोलि उहाँहरुको पक्षमा फैसला हुनेछ ।


सम्बन्धित खबरहरु