आज:  | Tue, 21, Apr, 2026

नेपाल र पीएनजीबीचकाे खेल सर्‍याे

Avatar photo दिशा निर्देश १७ भाद्र २०७८, बिहीबार १७:५८ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – नेपाल र पपुवा न्युगिनीबीच हुने एकदिवसीय शृङ्खलाकाे मिति सरेकाे छ । क्यानले ट्वीट गर्दै यसकाे जानकारी दिएकाे हाे ।

नयाँ तालिकाअनुसार नेपाल र पीएनजीबीचकाे पहिलाे खेल आउँदाे भदाै २२ गते, दाेस्राे खेल भदाै २५ गते हुने भएकाे छ । खेलकाे मिति सारिएकाे बारेमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले केही बताएकाे छैन ।

यसअघि यस शृङ्खलाको दुई खेल यही भदौ २० र २३ गते ओमानमा हुने तय भएकाे थियाे । अहिले नेपाली क्रिकेट टाेली ओमानमा प्रशिक्षण गरिरहेकाे छ ।


सम्बन्धित खबरहरु