आज:  | Tue, 21, Apr, 2026

तीन पुस्तादेखि बस्दै आएका कलवार परिवारलाई बल प्रयाेग गरी प्रहरीले घर खाली गरायाे

Avatar photo दिशा निर्देश १७ भाद्र २०७८, बिहीबार १४:१३ मा प्रकाशित (४ साल अघि)

सत्यराज घिमिरे/वीरगञ्ज – तीन पुस्तादेखि बस्दै आएकाे एक परिवारलाई बिचल्ली हुने गरी पर्साप्रहरीले बल प्रयाेग गरेर घर खाली गराएकाे छ । वीरगञ्ज ९ रानीघाटमा रहेकाे १ कट्ठा ६ धुर क्षेत्रफलमा वस्दै आएका कलवार परिवारलाई प्रहरीले बल प्रयाेग गरेर निकालेकाे हाे ।

रुक्म शमशेर राणाकाे नाममा रहेकाे उक्ता जग्गामा कलवार परिवार गएकाे पुस्तादेखि बस्दै आएकाे थियाे ।

तर कलवार परिवारले भने घर जग्गा जहावर प्रसाद कलवारकी पत्नी मधुदेवी कलवारिनको नाममा खरिद गरिएको भए पनि पछि राणाको नाममा लगेर बेचविखन गरिएको दाबी पनि गरिएको छ ।

जग्गा विवादका विषयमा वीरगञ्ज महानगरपालिकाले मेलमिलाप गराउने प्रक्रिया अघि बढाई रहेकाे थियाे । तर अदालतकाे आदेश भन्दै प्रहरीले बिहीबार बल प्रयाेग गरेर कलवार परिवारलाई हटाएकाे हाे ।

प्रहरीले बल प्रयाेग गरेर निकालेसँगै तीन पुस्तादेखि बस्दै आएकाे कलवार परिवार घर बिहीन बन्न पुगेकाे छ ।

प्रहरीले कलवार परिवारलाई निकालेसँगै उनीहरु बस्दै आएकाे घर र झुप्राे प्रहरीकै सामुन्ने भत्काइएकाे छ ।


सम्बन्धित खबरहरु