वीरगञ्ज – वीरगञ्जकाे नारायणी अस्पतालमा उपचाररत एक जना काेभिड संक्रमितकाे बिहीबार मृत्यु भएकाे छ । निमाेनियाबाट ग्रसित संक्रमितकाे उपचारकै क्रममा ज्यान गएकाे अस्पतालका काेभिड संयाेजक डा उदय नारायण सिंहले जानकारी दिए ।
मृत्यु हुनेमा पर्साकाे पाेखरीया नगरपालिका १ का ३३ वर्षीय पुरुष रहेकाे पनि उनले जानकारी दिए ।
गएकाे भदाै १० गते अस्पताल भर्ना भएका उनकाे उपचारकै क्रममा बिहीबार बिहान पाैने २ बजे मृत्यु भएकाे हाे ।
मृत्यु भएका पुरुष काठमाडौँबाट केही दिन अघी मात्रै घर आएकाे र घर आएपछि बिरामी परेका थिए । उपचार गर्न अस्पतालमा भर्ना हुन आएका उनकाे त्यही दिन कोभिड परिक्षण गर्दा पोजेटिभ आएको थियो ।
