आज:  | Tue, 21, Apr, 2026

बाढी पहिरोले चार दिनमा १२ जनाको ज्यान लियाे

Avatar photo दिशा निर्देश १४ भाद्र २०७८, सोमबार ०८:२६ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – बाढी पहिरोका कारण पछिल्ला चार दिनमा १२ जनाको ज्यान गएको छ ।

तीन जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार करिब ५ हजार घर डुबानमा परेका छन् । ९० हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

केही दिनदेखिको वर्षाले रुपन्देही, नवलपरासी, कपिलवस्तु, कैलाली, बाँके, दाङ, काभ्रे, सुर्खेत, पाल्पा, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, उदयपुर, सिरहा, सर्लाही, रौतहट, धनुषा, झापा लगायतका जिल्लामा बढी असर गरेको छ ।

बाढी पहिरो पीडितलाई पालिकामार्फत उद्धार र राहतको काम भइरहेको अर्यालले जानकारी दिए ।

उद्धार र राहत आवश्यक परेमा नजिकको प्रहरी र आफ्नो पालिकामा सम्पर्क गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।


सम्बन्धित खबरहरु