आज:  | Tue, 21, Apr, 2026

१० लाखभन्दा बढी नगदसहित २ जना पक्राउ

Avatar photo दिशा निर्देश १३ भाद्र २०७८, आईतवार १६:४४ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – १० लाख रुपैयाँ भन्दा बढी नगदसहित प्रहरीले २ जनालाई पक्राउ गरेकाे छ । भारतबाट जानकीटाेलाहुँदै नेपाल पसेका २ जनालाई प्रहरीले स्राेत खुलाउन नसकेकाे नगद १० लाखसहित पक्राउ गरेकाे पर्सा प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय बृजकिशोर गिरी र पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ घर भएका ५० वर्षीय रामपुकार पटेल छन् । उनीहरुकाे साथबाट १० लाख ६३ हजार नेपाली रुपैयाँ र १ हजार ६ सय भारतिय पैसा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) ओमप्रकाश खनालले बताए ।

नम्बर प्लेट नभएको मोटरसाईकलमा आएका उनिहरुलाई ईलाका प्रहरी कार्यालय जानकीटोलबाट खटिएको प्रहरीले पक्राउ गरेको थियाे । शनिवार साँझ पक्राउ गरिएका दुबै जनामाथि वित्तीय कारोबार ऐन–२०७५ बिरुद्धको कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।


सम्बन्धित खबरहरु