आज:  | Tue, 21, Apr, 2026

मंगलबारदेखि नेपाल-श्रीलंकाबीच सिधा उडान

Avatar photo दिशा निर्देश १३ भाद्र २०७८, आईतवार १४:४८ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ ।

नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौं-कोलम्बो उडान हुने जानकारी दिए । प्रवक्ता क्षेत्रीले भने, ‘काठमाडौं-कोलम्बो सीधा उडानका लागि चार सेप्टेम्बरसम्म समर सेड्युल एप्रुभ भएको छ ।’

काठमाडौं-कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ । श्रीलंकाको राष्ट्रिय धोजाबाहक श्रीलंकन एयरबाट उडान हुनेछ ।


सम्बन्धित खबरहरु