बारा – माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी)को भेलाले दीपेन्द्र यादव(दीपेन) लाई बाराको जीतपुर सिमराको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
शनिबार भएको नगर सम्मेलनले यादवको संयोजकत्वमा ११ सदस्यीय पदाधिकारी सहित ६५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा चार जनाले जिम्मेवारी पाएका छन् । जसअनुसार शर्मिला गौतम, शशिकान्त चौधरी, श्याम सुन्दर पासवान र भवानी थापाले उपाध्यक्षको जिम्मेवारी पाएका हुन् ।
यस्तै सचिवमा तोप बहादुर श्रेष्ठ(रवि), सहसचिवमा आदित्य लाम्साल, सुनील शर्मा, रोशन घलान, दिलशाद आलम र कोषाध्यक्षमा शुष्मा श्रेष्ठ चयन भएका छन् ।
अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रवि किरण यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्र प्रदेश २ का सदस्य राजन पौडेल, अखिल क्रान्तिकारीका प्रदेश संयोजक सूर्यनारायण साह, सह-संयोजक प्रभाकर साह, स्वयंसेवक बिभाग प्रदेश २ का संयोजक इश्क कुमार पासवान, जिल्ला इन्चाज दिनेश यादव, अखिल नेपाल महिला संघ केन्द्रीय जिल्ला अध्यक्ष सोभा कार्की लगायतको सहभागिता रहेको थियो ।
