आज:  | Tue, 21, Apr, 2026

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सी बराबरीमा

Avatar photo दिशा निर्देश १३ भाद्र २०७८, आईतवार ०९:०८ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा लिभरपुल र चेल्सीले एक/एक गोलको बराबरी खेलेका हुन् । खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर पहिलो हाफको इन्जुरी समयमा लिभरपुलका मोहमद सलाहले पेनाल्टीमा गोल गरे । चेल्सीका डिफेन्डर रिस जेम्सले हातले बल रोकेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।

रेफ्रीले जेम्सलाई रातो कार्ड दिएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।


सम्बन्धित खबरहरु