आज:  | Tue, 21, Apr, 2026

भारी वर्षाका कारण डुबान र कटानले वीरगञ्ज लगायत मध्य तराई प्रभावित

Avatar photo दिशा निर्देश १३ भाद्र २०७८, आईतवार ०८:५८ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – रातिदेखि परेको भारी वर्षाका कारण वीरगञ्ज लगायत यस क्षेत्र प्रभावित भएको छ ।

निरन्तरको वर्षाका कारण वीरगञ्जको आदर्शनगर, श्रीपुर, रानिघाट लगायतको क्षेत्र डुबान भएको छ भने कतिपय ग्रामिण क्षेत्र बाढी र डुबानले प्रभावित बनाएको छ । कतिपय स्थानमा सडक डुबान हुँदा आवतजावतमै समस्या उत्पन्न भएकाे छ ।

केही दिनदेखि जारी वर्षा अझै केही दिन निरन्तर भैरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वीरगञ्ज लगायत देशैभर आज मौसम बदली भई वर्षा भैरहेको छ । प्रदेश २ का अधिकांस स्थानका साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म नै निरन्तर वर्षा हुनेछ ।

अविरल वर्षाका कारण साना ठूला खोला तथा नदीमा बाढीको सम्भावना बढेको छ भने पहाडी क्षेत्रमा पहिरोको जोखिम उतिकै रहेको छ । तराईका विभिन्न ठाउँ डुवानमा परिरहेका छन् । राजमार्गहरू अवरुद्ध भैरहेका छन् ।

पहाडी भूभागमा भू(क्षय र साना(ठूला बाढीपहिरो गैरहेकोले नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले सूचित गरेको छ ।


सम्बन्धित खबरहरु