आज:  | Tue, 21, Apr, 2026

तेरापंथ युवक परिषदले गरेको रक्तदान कार्यक्रममा ८ महिला सहित ९१ जनाले गरे रक्तदान

Avatar photo दिशा निर्देश १२ भाद्र २०७८, शनिबार १९:४२ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – तेरापंथ युवक परिषद् वीरगञ्जले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ९१ पोका रक्त संकलन भएको छ ।

जैन धर्मशालामा भएको रक्तदान कार्यक्रममा ८ महिलासहित ९१ जनाले रक्तदान गरेका हुन् ।

रक्त सञ्चार केन्द्र वीरगञ्जमा रक्त अभाव कम गर्न आफूहरुले रक्त दान कार्यक्रम आयोजना गरेको तेरापंथ युवक परिषद वीरगञ्जका अध्यक्ष पंकज बैदले बताए । कार्यक्रममा जैन श्वेताम्बर तेरापंथ परिषद सभा र तेरापंथ महिला मण्डलको सहयोग रहेको थियो ।

अखिल भारतिय तेरापंथ युवक परिषदले सन् २०१५ मा एकै दिनमा विश्व भरबाट सर्वाधिक १ लाख १२ हजारको संख्यामा रक्तदान गरेर विश्वकृतीमान गरेको इतिहास छ ।

कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल बिहार झारखण्ड सभाका उपाध्यक्ष अशोक कुमार बैद्य, संस्था सिरोमणी महासभाका कार्यकारी सदस्य र वीरगञ्ज सभाका अध्यक्ष निर्मल कुमार सिंघी, वीरगञ्ज सभाका निवर्तमान अध्यक्ष राज कुमार बैद्य, भवन ट्रस्ट बोर्डका उपाध्यक्ष बन्सीलाल बोथरा, दीपक बैद्य लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित खबरहरु