आज:  | Tue, 21, Apr, 2026

बाल दिवसको अवसरमा चित्रकला, बालगीत र कविता प्रतियोगिता आयोजना हुने

Avatar photo दिशा निर्देश ९ भाद्र २०७८, बुधबार १६:४२ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – नेपाल बाल संगठन पर्साले राष्ट्रिय बाल दिवसको असवर पारेर आयोजना गर्न लागेको विभिन्न प्रतियोगितामा सहभागि हुन जिल्लाभरका बालबालिकाहरुलाई आह्वान गरेको छ ।

दिवसका अवसरमा संगठनले चित्रकला प्रतियोगिता, बालगीत प्रतियोगिता र कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।

बाल प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा कक्षा १ देखि १० सम्म अध्ययनरत छात्रछात्रा सहभागी हुन पाउने छन् ।
बालगीत प्रतियोगितामा सहभागि विद्यार्थीले नेपाली भाषामा गीत प्रस्तुत गर्नु पर्ने छ भने कविता प्रतियोगितामा कोरोना संक्रमण र बालबालिकाको भोगाइ समेटिनु पर्ने छ ।
यस्तै चित्रकला प्रतियोगितामा सहभागी विद्यार्थीले कोरोना संक्रमण तथा सावधानीको उपाय झल्कने चित्र कोर्नु पर्दछ ।

चित्रकला र बालगीत प्रतियोगितामा १ कक्षादेखि ६ कक्षासम्म एउटा समूह र ७ कक्षादेखि १० कक्षासम्मको अर्को समूह बनाएर सहभागी गराइने छ भने कविता प्रतियोगितामा कक्षा ७ देखि १० सम्मका विद्यार्थी सहभागी हुन पाउने बाल संगठन पर्साका अध्यक्ष रामकिशोर सिंह ‘पराग’ले जानकारी दिए ।

प्रतियोगितामा सहभागि हुन इच्छुक बालबालिकाले आफ्नो विद्यालयको सिफारिससहित भदौ २५ गतेभित्र बाल संगठन पर्सामा सम्पर्क राख्नुपर्ने छ भने प्रतियोगित भदौ २९ गते हुने संगठन पर्साका हेमन्त तामाङले जानकारी दिए ।

यस्तै बाल संगठनको केन्द्रीय कार्यालयमा पनि त्यही दिन सोही शीर्षकमा प्रतियोगिता हुने भएकाले केन्द्रीय प्रतियोगितामा सहभागि हुन इच्छुक बालबालिकाले यही भदौ १० गतेभित्र http://www.nconepal.org.np नाम इन्ट्रि गराइसक्नु पर्ने छ ।

जिल्लामा आयोजित प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई शिल्ड र प्रमाणपत्रले सम्मान प्रदान गरिने छ ।


सम्बन्धित खबरहरु