आज:  | Tue, 21, Apr, 2026

सीआईए प्रमुख र तालिबानका उपप्रमुखबीच गोप्य भेट भएको दाबी

Avatar photo दिशा निर्देश ९ भाद्र २०७८, बुधबार ०७:३९ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – अमेरिकी गुप्तचर निकाय सीआईए प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल घनी बरादरबीच काबुलमा गोप्य भेटवार्ता भएको छ ।

अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बर्नस र बरादरबीचको भेटलाई राष्ट्रपति जो बाइडेन प्रशासनको अहिलेसम्मकै उच्चस्तरीय भेटवार्ता मानिएको द वाशिङ्गटन पोस्टले जनाएको छ ।

सीआईएले भेटबारेमा कुनै टिप्पणी गरेको छैन । तालिबान समूहले काबुल कब्जा गरेपछि नयाँ सरकार गठनका बारेमा निरन्तर छलफल गरिरहेका छन् ।

तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने बताइरहेका छन् । काबुल, काबुल विमानस्थल र वरपरको अवस्था अहिले पनि अस्तव्यस्त छ ।


सम्बन्धित खबरहरु