आज:  | Tue, 21, Apr, 2026

बाग्मती प्रदेशको प्रदेश प्रमुख पनि परिवर्तन, माधव नेपालका पूर्व स्वकीय सचिव बने नयाँ प्रदेश प्रमुख

Avatar photo दिशा निर्देश ३ भाद्र २०७८, बिहीबार २१:०० मा प्रकाशित (४ साल अघि)

काठमाण्डौ – सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधव नेपाल निकट हुन् । यादवले लामो समय माधव नेपालको सचिवालयमा काम गरेका छन् । माधव नेपाल प्रधानमन्त्री भएका बेला उनी प्रमुख स्वकीय सचिव थिए ।

गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।


सम्बन्धित खबरहरु