आज:  | Tue, 21, Apr, 2026

माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम नगर्न सभामुखलाई ओलीको चेतावनी

Avatar photo दिशा निर्देश ३ भाद्र २०७८, बिहीबार १६:०० मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले त्यही पदमा रहिरहने कि पार्टीको कार्यकर्ता हुने भन्ने रोज्नुपर्ने बताएका छन् ।

एमालेले १४ सांसदलाई पदमुक्त गर्न पत्र लेखेको तीन दिन हुँदा पनि केही नगरेको भन्दै आक्रोस पोखे । अझै कागजपत्र हेर्छु भनेको भन्दै उनले भनेका छन्, ‘सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो ।’

माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम नगर्न चेतावनी दिए । एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ?’

गैरकानूनी ढंगले संसद चल्न नसक्ने भन्दै उनले सभामुख रहने कि पार्टी कार्यकर्ताको भूमिकामा फर्किने रोज्न आग्रह गरे । उनले भने, ‘एउटा पार्टीको कार्यकर्ता भएर सभामुख हुन सकिँदैन । सभामुख भएपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ, होइन भने सभामुख छोडिदिए हुन्छ ।’


सम्बन्धित खबरहरु