आज:  | Tue, 21, Apr, 2026

६ किलो चाँदीका गर गहनासहित वीरगञ्जबाट एक जना पक्राउ

Avatar photo दिशा निर्देश ३ भाद्र २०७८, बिहीबार १०:५२ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज – ६ किलो भन्दा बढीको चाँदीका गहनासहित वीरगञ्जबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

छिमेकी देश भारतबाट अबैधरुमा ल्याइरहेको चाँदीका गहनासहित बाराको प्रसौनी गाउँपालिका ६ का नागेन्द्र साह सोनारलाई प्रहरील पक्राउ गरेको हो ।

रक्सौलबाट पैदलै आइरहेका सोनारलाई शंकराचार्य गेटमा खटिएका प्रहरीले शंका लागेर चेक गर्दा उनको साथबाट ६ किलो १६८ ग्राम चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहना बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

तयारी गहनासहित पक्राउ परेका व्यक्तिलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइने उनले जानकारी दिए ।


सम्बन्धित खबरहरु