काठमाण्डाै – पर्साबाट निर्वाचित २ जना सांसद पनि महन्थ ठाकुर समूहले बुधबार निर्वाचन आयाेगमा दर्ता गराएकाे जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक)काे कार्यकारिणी समितिमा परेका छन् ।
पर्साको क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनीधि सभा सदस्य बिमल प्रसाद श्रीवास्तव र क्षेत्र नम्बर ४ बाट निर्वाचित लक्ष्मणलाल कर्ण नयाँ दर्ता भएकाे जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक)काे कार्यकारिणी समितिमा परेका हुन् ।
जनता समाजवादी पार्टीको आधिकारिकता निर्वाचन आयोगले उपेन्द्र यादव समूहलाई दिएपछि ठाकुर र राजेन्द्र महतोले बुधबार नयाँ पार्टी दर्ता गरेका हुन् ।
नयाँ पार्टीको अध्यक्षमा ठाकुर छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो छन् । पार्टीमा २४ सदस्यीय कार्यकारिणी समिति बनाइएको छ ।
कार्यकारिणी समितिमा ठाकुर र महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल, बाराका सांसद एकवाल मियाँ, प्रदेश नम्बर २ का पूर्व भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, उमाकान्त झा, चन्दा चौधरीसहित २४ जना छन् ।
नामावली सहित
![]()
