एमालेबाट विभाजन भएको नेकपा एमाले समाजवादी पार्टीले माधवकुमार नेपाललाई पहिलो वरीयता तोक्दै ९५ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।
आज निर्वाचन आयोगमा दल दर्ता गराइएको सो पार्टीको दोस्रो वरीयतामा झलनाथ खनाललाई राखिएको नेता राजेन्द्र पाण्डले जानकारी दिए ।
नयाँ पार्टीले देशव्यापी कार्यकर्ता भेला आयोजना गर्ने उनले बताए ।
नयाँ पार्टीमा एमालेका ५८ जना केन्द्रीय सदस्य रहेका छन् ।
