आज:  | Tue, 21, Apr, 2026

प्रदेश २ का प्रमुखबाट राजेश अहिराज हटाईए, नयाँ प्रदेश प्रमुखमा मिश्रको नाम सिफारिश

Avatar photo दिशा निर्देश ३२ श्रावण २०७८, सोमबार १४:३२ मा प्रकाशित (४ साल अघि)

काठमाण्डाै – सरकारले प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) लाई हटाएको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाएर हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरिएको हो ।

गृहमन्त्री बालकृष्ण खाणले साेमबार बसेको मन्त्रिपरिषद बैठकले मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरिएको बताए ।

मिश्र नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य र पूर्वसांसद हुन्। उनले २०४८ सालमा महोत्तरीबाट चुनाव जितेका थिए ।

प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र पूर्वमन्त्री रामनारायण मिश्रका छोरा हुन्। रामनारायण बिपी कोइराला नेतृत्वको सरकार हुँदा २०१६ सालमा उद्योग मन्त्री थिए ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका राजेश अहिराजलाई पदमुक्त गरेर महोत्तरीका मिश्रलाई प्रदेश प्रमुख बनाउने निर्णय सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि यसअगाडि गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख पठाइएको थियो ।

 


सम्बन्धित खबरहरु